Phase 1
आज मेरो जन्म दिन, गाउबाट भक्खरै आमाले मलाई फोन गर्नु भयो; भन्दै हुनुहुन्थ्यो "अब गाँउ आउदा जस्सरी पनि तेरो बिहे गरिदिने हो ।" आमासँग थुप्प्रै मिठा कुराहरु गरे । आज काम पनि धेरै समय सम्म भयो सधै ७ बजे घर पुग्थे आज आदा बाटो पनि हिडेको छैन ९ बजी सक्यो । बाटामा एकदमै कुहिरो लागि रहेको थियो । अगाडी एउटा कुर्ची थियो मनमा सोच आयो एक्कै छिन् बसेर जान्छु । कुर्चीमा के बसेको थिए कतैबाट कोहि चिच्याई रहेको आवाज सुने आगडि - पछाडि - दायाँ - बायाँ कोहीँ देखिएको थिएन कुहिरोको कारणले । लामो खुई काढ्दै मैले मनमा सोचे " यति राति काम छैन चिच्याउने को होला ।" अब घर जान्छु याहाँ बस्दिन भनेर म जुरुक्क के उठेको थिए पछाडिबाट कसैले मेरो हात च्याप्प समात्यो !!!शरीर चिसो भयो, एक्कासी मुटुको धड्कन् बढ्यो, मैले हतार हतारमा पछाडी फर्किए ; कालो टोपी र उनको सबै भन्दा मनपर्ने नेवारी लुगा लगाएका नेवार काकापो रहेछन् । उनका पछि-पछि "मह" पनि थिइन । मह काकाको छोराको छोरी - नातिनी हो । म नेवार काकाकै घरमा बस्थे । काका ठुलो स्वरले हास्दै भन्नु भयो," के हो, बाहुन भाई त डरायोकी क्या हो ? " मैले लामो स्वास तान्दै अलि - अलि भने । मैले सोधे, काका अनि एति राती ?
काकाले भन्नुभयो, " महलाई केही सामान चाइएको भएर हो ।" हामी कुराहरु गर्दै बिस्तारै, घर पुग्यौ । काकाको तिन तल्लाको घर थियो म दोस्रो तल्लाको कुनाको कोठामा बस्थे । म आफ्नो कोठाको ताल्चा खोल्दै थिए पछाडीबाट महले भनिन् ," जन्म दिनको शुभकामना, "अभि" !!!"मेरो मन अच्चममा पर्यो, मैले सोधेँ," तिमीले कसरी थाहा पायौ ?" उनले सिदै भनिन् ," तिमीलाई किन चाहियो, मेरो सम्झिने काम म सम्झिन्छु ।" मैले मुस्कुराउदै सोचेँ, कत्ति घमण्डि । उनि नजिक्कै आइन अचानक, मलाई डर लाग्यो, सिदै मेरो अगाडी आएर मेरो हातमा एउटा सानो झोला राखिन् र मुस्कुराउँदै, पछि खोलेर हेर है भन्दै त्यहाँ बाट गइन । झोला कुर्चीमा राखेर, मैले खाना बनाउन सुरु गरे । बेलुकाको ११ बजेको थियो, म खाटमा पल्टिरहेको थिए; सबै काम सकेर । म झोलामा हेर्दै टोलाउदै थिए मनमा अनेकौ सोचहरू आइरहेको थियो । हुन पनि मह राम्री नै छिन्, मैले रुप रङ्गको होइन उस्को स्वभावको कुरा गरेको, रुपपनि हुन त राम्रो छ । अलि - अलि घमन्डी छिन् तर मेरो आज्ञाकारी व्यवहारलाई उनले जित्न त सक्दिन्न । अचानक बाहिर कुकुर भुक्यो, कति मीठो सोचिरहेको सबै खल्लो भयो । मैले कुर्चीमा राखेको झोला आफु तिर तानेर, खोले !!!म नेवार काकाको घरमा बसेको जम्मा ९ महिना भयो । महसँग ६ महिना भयो म राम्रोसँग बोलेको, तर मलाई कति राम्रोसँग बुज्छिन् । उनले थाहाँ पाएकी रैछिन् मेरो घडी बिग्रेको । मैले एउटा किन्छु भनेर सोचिरहेको थिए, थाहाँ छैन म कसरी बयान गरौ तर प्रश्न पनि त एउटै थियो; मेरो जन्म दिन र मलाई खाचो परेको के कुरा छ उनले कसरी थाहाँ पाईन ? महका बुबा-आमा दुबै बिदेशमा छ्न् तर उनीभने याँहा आफ्नो हजुरबा सँग बस्छिन् ।
घडिलाई टेबुल माथि राखेर म टोलाउदै थिए , निदाएको पत्तोनै पाइन । बिहान ५ बाजे सधैँ झै म उठे । मेरो काम ७ बजे बाट सुरु हुन्थ्यो, रातभरी सुत्दा पनि उनको ख्याल मेरो दिमागबाट हटेको थिएन । दिउसो उसलाई फोन गर्छु भनेर
सोच्दै म कामको लागि तयार भए । मलाई अझैपनि याद छ, महका शब्दहरू," मलाई तिम्रो कपाल एकदमै मन पर्छ" थाहा छैन किन हो त्यस दिन देखी मलाई कपाल कोर्न १५ मिनेट छुट्टाउनु पर्थ्यो । म सधै जसरी तयार भए ढोकामा ताल्चा लगाए । मूल द्वार खोलेर बाहिर निस्कन लागेको थिए, अचानक महलाई देख्दा मेरो जीउँ नै झस्कियो, उनी मलाई हेर्दै हासी रहेको थिइन् । एकछिन् म बोल्नै सकिन, अनि लामो स्वास तान्दै मैले सोधे, "मह यो सब किन ?" !!!